जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले उनलाई शपथ गराएका हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश संसदीय दलका नेता यादव संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्।
दोस्रोपटक मधेश प्रदेशको नेतृत्व सम्हालेका यादवले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन्। तर, प्रदेशसभामा आवश्यक बहुमत जुटाउनु उनका लागि मुख्य चुनौती बनेको छ।

















प्रतिक्रिया