काठमाडौं । विगत केही सातादेखि निरन्तर ओरालो लागेको सुनको भाउमा आज उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार १ सय १० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

















प्रतिक्रिया