काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्व, दूरदर्शिता र विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन् ।
सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री शाहसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले बालेनलाई भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले केही महिनाअघि संयुक्त राष्ट्रसङ्घमा बालेनले गरेको सम्बोधनमा नेपालको भविष्यप्रतिको दूरदर्शिता झल्किएको उल्लेख गरे ।
बालेनसँग केही घण्टाको छलफलमा नेपालको भविष्य र नेपाल–भारत सम्बन्धबारे स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता महसुस गरेको मोदीको भनाइ थियो ।
उनले नेपाली जनताले बालेनलाई दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताको आकांक्षा र आशा प्रतिबिम्बित गरेको बताए । साथै, भारत सशक्त र समृद्ध नेपालको विकास यात्रामा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

















प्रतिक्रिया