दाङ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेशस्तरीय अधिवेशन भेला सोमबार दाङको भालुवाङमा सुरु भएको छ ।
प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा सुरु भएको भेलामा कांग्रेसका केन्द्रीय तथा प्रदेशस्तरीय नेतासहित लुम्बिनीका १२ वटै जिल्लाका प्रतिनिधि, नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।
अधिवेशन उद्घाटनका लागि पूर्वसभापति देउवा नेपालगन्जबाट भालुवाङतर्फ प्रस्थान गरिसकेका छन् भने नेता डा. शशांक कोइराला कार्यक्रमस्थल पुगिसकेका छन् ।
भेलामा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठनात्मक गतिविधि, आन्तरिक एकता र आगामी महाधिवेशनबारे छलफल हुनेछ । साथै, अधिवेशनबाट लुम्बिनीमा देउवा पक्षको नयाँ नेतृत्वसमेत चयन गरिने जनाइएको छ ।

















प्रतिक्रिया