काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश रुट दिन सहमति जनाएको छ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय छलफलमा उक्त सहमति जुटेको एक अधिकारीले जानकारी दिएका छन्। यद्यपि, संयुक्त पत्रकार सम्मेलनमा यसबारे औपचारिक घोषणा गरिएको थिएन।
भैरहवा विमानस्थलमा पश्चिमतर्फबाट सहज हवाई प्रवेश रुट नहुँदा अन्तर्राष्ट्रिय उडान विस्तारमा समस्या हुँदै आएको थियो। भारतको सहमतिसँगै अब अन्तर्राष्ट्रिय उडान विस्तार सहज हुने अपेक्षा गरिएको छ।
त्यस्तै, नेपाल–भारत सीमा समस्यालाई पनि कूटनीतिक संवादमार्फत समाधान गर्ने समझदारी भएको जनाइएको छ।

















प्रतिक्रिया