नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।
संयुक्त प्रेस विज्ञप्तिअनुसार उक्त रकममध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका आयोजनाका लागि सहुलियतपूर्ण ऋण हुनेछ।
अनुदान रकम विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार निर्माणमा खर्च गरिनेछ भने ऋण ऊर्जा परियोजनामा लगानी हुनेछ। कुन आयोजनामा रकम खर्च गर्ने भन्ने निर्णय नेपाल र भारतबीचको छलफलबाट तय गरिनेछ।

















प्रतिक्रिया