काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले दुई महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।
राष्ट्र बैंकले शुक्रबार दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल गर्ने जनाएको छ। यसमा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोडदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्म प्रस्ताव गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ६१ खर्ब १८ अर्ब रुपैयाँमा सीमित छ। बैंकहरूको कर्जा–निक्षेप अनुपात ७१.१६ प्रतिशत रहेको छ।
निक्षेप बढे पनि कर्जाको माग कमजोर हुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ। यही अवस्थालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट थप रकम खिच्न लागेको हो।



















प्रतिक्रिया