काठमाडौँ । पाकिस्तानी गायक आतिफ अस्लमको सांगीतिक प्रस्तुतिले आगामी पुस ४ गते सुनसरीको इटहरी गुञ्जिने भएको छ। ‘इस्टर्न इकोज’ नाम दिइएको उक्त कन्सर्ट इटहरी रङ्गशालामा आयोजना हुन लागेको हो।
कन्सर्टमा आतिफले आफ्ना पुराना तथा नयाँ चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। उनका ‘वो लम्हे, वो बाते’, ‘पहेली नजर मे’, ‘तु जाने ना’ र ‘तेरे होने लगा हुँ’ लगायतका गीत श्रोता तथा दर्शकमाझ लोकप्रिय छन्।
जय मिडिया म्यानेजमेन्टले आयोजना गर्न लागेको कन्सर्टलाई काठमाडौँबाहिर अन्तर्राष्ट्रिय स्तरको सांगीतिक कार्यक्रम विस्तार गर्ने प्रयासका रूपमा लिइएको छ।
आयोजक जय मिडियाका जयराज रायले अन्तर्राष्ट्रिय स्तरका कन्सर्ट काठमाडौँमा मात्र सीमित नराखी देशका अन्य सहरमा पनि गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न इटहरीमा कार्यक्रम आयोजना गर्न लागिएको बताए।
सीमावर्ती भारतीय सहरहरू नजिक रहेकाले कन्सर्टमा भारतबाट मात्रै ८ देखि १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको रायले बताए।
उनका अनुसार कन्सर्टले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनसँगै होटल व्यवसाय र स्थानीय व्यापारमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।



















प्रतिक्रिया