लुम्बिनी । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन तथा राखिएका पसल २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ।
कोषले सार्वजनिक सूचना जारी गर्दै पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप र अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत स्थानमा स्वीकृतिबिना पसल सञ्चालन गरिएको भन्दै हटाउन आग्रह गरेको हो।
२०८३ भदौ १९ गतेदेखि लागू हुने गरी जारी सूचनामा २४ घण्टाभित्र पसल हटाउन भनिएको छ। तोकिएको समयभित्र पसल नहटाए प्रचलित कानुनअनुसार कारबाही गरिने कोषले चेतावनी दिएको छ।



















प्रतिक्रिया