वीरगञ्जको क्यासिनोमा जुवा खेल्दै गरेका १२ जना पक्राउ


जनकपुरधाम । वीरगञ्जस्थित फर्च्युन सिटी गेमिङ क्लब (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा १२ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार राति गरिएको छापाका क्रममा जुवा खेलिरहेका ९ जना नेपाली र नेपालीलाई क्यासिनो प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोप लागेका थप ३ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा वीरगञ्ज, पर्सागढी, कलैया, काभ्रे, सिन्धुली र काठमाडौँका नागरिक रहेका छन्। प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।