काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई अदालतमा पेस गरेको हो । म्याद थपका लागि अदालत लगिएको ब्युरोका एक अधिकृतले बताएका छन् ।
प्रहरीले अर्याललाई भारतमा पक्राउ गरी मंसिर १० गते नेपाल ल्याएको थियो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा असुलिएको रकम विदेश पठाएको कसुरमा उनी पक्राउ परेका हुन् ।
यसअघि प्रहरीले बिहीबार अर्यालको घरमा समेत खानतलासी गरेको थियो ।




















प्रतिक्रिया