काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको विवाहमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहभागी हुने भएका छन् ।
गुरुङले प्रधानमन्त्री शाह र सभापति लामिछानेलाई व्यक्तिगत रूपमा भेटेरै विवाहको निम्तो दिएका थिए । स्रोतका अनुसार लामिछानेलाई उनले बूढानीलकण्ठस्थित निवासमै पुगेर निमन्त्रणा गरेका थिए भने प्रधानमन्त्री शाहसँग बिहीबार राति भेट गरेका थिए ।
दुवै नेताले अन्य कार्यक्रम मिलाएर भए पनि विवाहमा सहभागी हुने वचन दिएको स्रोतको भनाइ छ । तर, गुरुङले सरकारका अन्य मन्त्रीहरूलाई भने विवाहमा नबोलाउने भएका छन् । सुरुमा मन्त्रीहरूलाई पनि निमन्त्रणा गर्ने तयारी गरे पनि उनले आफ्नो निर्णय परिवर्तन गरेको बताइएको छ ।
गुरुङको आज काठमाडौँमा इन्गेजमेन्ट हुँदैछ । यसअघि नै अदालती विवाह गरिसकेका उनी अहिले परम्परागत विधिअनुसार औपचारिक विवाह गर्न लागेका हुन् ।




















प्रतिक्रिया