भारत भ्रमणका उपलब्धिबारे राष्ट्रपतिलाई ब्रिफिङ गरे प्रधानमन्त्री बालेनले


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका उपलब्धिबारे जानकारी गराएका छन् ।

शुक्रबार अपराह्न शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गतेको दुईदिने भारत भ्रमण तथा भारतीय समकक्षीसँग भएका द्विपक्षीय भेटवार्ताबारे राष्ट्रपतिलाई विस्तृत जानकारी गराएका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारका कामकारबाही, अध्यादेश र समसामयिक विषयमा समेत छलफल भएको थियो ।

यसअघि आजै रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । लामिछानेको भेटलगत्तै प्रधानमन्त्री शाह शीतल निवास पुगेका हुन् ।