काठमाडौँ- नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको मूल्य स्थिर नै कायम छ । अघिल्लो दिन अर्थात् बुधबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ भने बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।…