काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ को अङ्कमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार
काठमाडौं– नेपाल एयरलाइन्सले शुक्रबारदेखि बुधबार (२७ सेप्टेम्बर देखि २ अक्टोबर) सम्म उड्ने गरी टिकट काटेर उड्न नपाएका अन्तर्राष्ट्रिय हवाई यात्रुसँग अतिरिक्त शुल्क नलिने भएको छ । अविरल वर्षा र बाढी पहिरोका कारण काठमाडौं आउन नपाएका यात्रुको सुविधालाई मध्यनजर गर्दै मिति परिवर्तन गर्दा थप शुल्क नलिन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको थियो
काठमाडौं– बिहिबारदेखि आएको भारी वर्षाका कारण ऊर्जा क्षेत्रमा ठुलो नोक्सानी भएको छ। बाढी र पहिरोका कारण २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री दीपक खड्काका अनुसार अहिले ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । सिँचाइतर्फ १ अर्ब ३५ करोड
काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने रुएक लाख ६० हजार
काठमाडौं– बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली लाई काठमाडौं ल्याईएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट शुक्रबारपक्राउ परेका थिए । उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । इन्टरपोलमार्फत थप प्रक्रिया पूरा
काठमाडौं– काठमाडौं महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । यस सम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको छ । यस्तै कोलिफर्म भेटिएको पानीको नमूना सरकारी निकायका प्रयोगशालाबाट
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा उनी हाल अमेरिकाको न्युयोर्कमा छन् । उनले आइतबार सामाजिक सञ्जालमा हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सुनिएको उल्लेख गरेका छन् । सहुलियत मूल्यमा
काठमाडौं– फिल्मी क्षेत्रमा पनि सहकारीको ठूलो रकम फसेको पाइएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन २०८१ मा सहकारी ठगीको रकमबाट फिल्म बनाएको पाइएको हो । काठमाडौंको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट नायक शिव श्रेष्ठका छोरा तथा नायिका करिश्मा मानन्धरको छोरी र नेपाल प्रहरीका
काठमाडौं– आज नेप्से परिसूचक घटेर २ हजार ४८६ अंकमा पुगेको छ । बुधबा २ हजार ५१९ अंकमा पुगेको सेयर बजार ३२.८१ अंकले घटेको हो । कारोबार खुल्दा सकारात्मक देखिएको बजार ११ः२४ बजे २५४१ अंकसम्म पुगेको थियो । आज ३९ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ४ को स्थिर रह्यो
काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ । अघिल्लो वर्ष साउनमा मुद्रास्फीति ७.५२ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि बढी भए पनि गैरखाद्य समूहको मूल्य कम बढ्दा मुद्रास्फीति नियन्त्रणमा देखिएको छ ।