रुपन्देही– लुम्बिनी प्रदेश सरकारले ‘संविधान दिवस २०८१’ लाई विभिन्न कार्यक्रम सञ्चालन गरेर तीन दिन मनाउने तयारी गरेको छ । दोस्रो संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिन सम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको हो । यसका लागि मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति…