काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान छनोट नहुँदै राहदानी लिने म्यानपावर कम्पनीमाथि कारबाही गर्ने भएको छ । विभागले बिहीबार विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा जानका लागि छनौट भइ नसकेका व्यक्तिको राहदानी लिने म्यानपावरलाई कारबाही गर्ने जानकारी दिएको छ । राहदानी लिएर वैदेशिक रोजगारीमा नपठाउने र राहदानी फिर्ता माग्दा सेवा शुल्कभन्दै पैसा माग्ने समस्या बढेपछि…