Logo

मलेसियामा जेल पर्नेमध्ये ६१ प्रतिशतको कागजात नमिलेको कारण

काठमाडौं– मलेसियाको जेल र घर फिर्की केन्द्रमा रहेकामध्ये अधिकंश नेपाली श्रमिकको कागजात नमिलेको पाइएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर जेल र घर फर्कन कुरीरहेका मानिसहरु मध्ये ६१ प्रतिशत कागजात नमिलेको कारण जेल परेका हुन्।

प्रवासी नेपाली समन्वय समिति पिएनसिसी र सेन्टर फर दी स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लाम)ले मलेसियाको ‘डिपोर्टटेसन सेन्टर’ अर्थात् जेलमा बसी नेपाल फर्केका ७५८ जना नेपाली श्रमिकको अवस्था अध्ययन गर्दा यस्तो पाइएको तथ्य सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा जेल र घर फिर्की केन्द्रमा रहेका नेपालीले समयमा कानुनी सहायता नपाएको उल्लेख छ । प्रतिवेदन अनुसार सो अवधिमा मलेसियामा जेल पर्नेमध्ये सबैभन्दा बढी ६१ प्रतिशत कम्पनी छाडेका रहेका छन् । यस्तै सहकर्मी वा रोजगारदातासँग झगडा गरेका आठ प्रतिशत र हत्या, चोरी, अवैध लागुऔषध बेच्ने र प्रयोग गर्ने, नक्कली मदिराको बिक्री, जुवा र अपहरण गर्ने तीन प्रतिशत छन् । आपराधिक गतिविधिका कारण ठुलो सङ्ख्यामा नेपाली श्रमिक मलेसियामा जेल पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनले फिर्की केन्द्रको अनुगमन र स्थानीय अधिकारीसँग समन्वय बढाउन मलेसियामा रहेको नेपाली दूतावासलाई सुझाव दिएको छ ।

कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेका ८० प्रतिशतभन्दा बढी नेपाली काम गर्न अनुमति पाएको ठाउँबाट भागेको र वैध कागजात नभएको पाइएको छ । नौ प्रतिशतसँग वैध भिसा वा काम गर्ने अनुमतिपत्र नभएकाले जेल परेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार नेपालका एजेन्ट वा भर्ना एजेन्सीबाट ठगिएका र राहदानी वा परिचयपत्र नभएका पनि जेलमा परेका छन् ।

मलेसियाको कानुनअनुसार भिसामा उल्लेख भएकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्ने हुन्छ । धेरैले राम्रो सेवा सुविधा खोज्दै कम्पनी परिवर्तन गर्ने गर्छन् । कम्पनी छाडेर भाग्दा राहदानी रोजगारदाता वा कम्पनीमै छोडेपछि उनीहरू कागजविहीन हुन्छन् र कानुनी झमेलामा फस्ने गरेका छन् । रोजगारदातासँगको झगडा, विवाद र अन्यत्र बढी कमाइ हुने अपेक्षाले पनि श्रमिकले कम्पनी छाड्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्