यो वर्ष धेरै फिल्मी पण्डितहरुले विश्लेषण गर्न नसकेका फिल्महरुले बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । यो वर्ष रिलिजमा आएका ‘बोक्सीको घर, १२ गाउँ, पूर्ण बहादुरको सारङ्गी’ लगायतका फिल्मको व्यापारले धेरैलाई अचम्मित बनाइदियो ।अहिले, अर्को एक फिल्म हलमा लागिरहेको छ । जसको व्यापारले फेरि एकपटक दर्शक तथा फिल्मीकर्मीमा तरंग पैदा गरिरहेको छ ।मिलन चाम्सको निर्देशनमा तयार…