लक्ष्मीपुजाको दिन अर्थात कात्तिकको १५ गतेबाट रिलिजमा आएको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’लाई भोलि सोमबारबाट हलबाट उतार्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । बिहिबार एक विज्ञप्ती निकाल्दै निर्माण कम्पनी सेभेन सिजले हलबाट फिल्म उतार्ने घोषणा गरेको हो ।विशेषगरि, दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ रिलिज भएपछि आफूहरुको फिल्मलाई कर्नरिङ गरिएको भन्दै निर्माणपक्षले भोलिबाट फिल्म उतार्ने घोषणा गर्यो…