गायिका नीतु पौडेल प्रकरण: गायक बाबुल गिरी ३ लाख धरौटीमा रिहा

काठमाडौं - गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको हो। नीतुको मृत्यु भएपछि बाबुल गिरी आफैँ जिल्ला प्रहरी परिसरमा उपस्थित भएका थिए।प्रहरीका अनुसार गिरीले नीतुको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वीकारोक्ति बयान…