नेपाली फिल्मले बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकिरहेको समयमा नायक सुशिल श्रेष्ठ अभिनित फिल्म ‘आउटलः दफा २१९’ले दर्शकको ध्यान खिचेको छ ।फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको हाइप ह्वात्तै बढेको हो ।फिल्मको ट्रेलरले युट्युबमा ११ लाख बढी भ्यूज पाएको छ । साथमा, फिल्मको ट्रेलरले प्रतिक्रिया पनि उत्कृष्ट पाएको छ…