भारतीय कोरियोग्राफर टेरेन्स लुइस काठमाडौंमा, ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले आज

काठमाडौं - विश्वप्रसिद्ध नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेमा सहभागी हुन भारतीय चर्चित कोरियोग्राफर तथा टेलिभिजन व्यक्तित्व Terence Lewis काठमाडौं आइपुगेका छन्। उनी आज हुने प्रतियोगितामा सेलिब्रेटी ग्रान्ड जुरीको भूमिकामा रहनेछन्। उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वर्ल्ड अफ डान्स नेपाल’का कलात्मक निर्देशक JD Tamu, राष्ट्रिय निर्देशक Roshan Gahatraj लगायत आयोजक टोलीले स्वागत गरेको थियो।…