अब त्रिभुवन विश्वविद्यालयको उपकुलपतिलाई भेट्न क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने भएको छ । विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यसको जानकारी गराएको छ। ‘त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक एवं अनुसन्धानक लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि क्यूआर प्रयोग गरी अग्रिम समय लिनुहुन अनुरोध छ,’…