सरकारी अस्पतालभित्रै ५ रुपैँयाको मास्कलाई सय रुपैयाँ, विभाग भन्छ हो र !

ग्लोवल कलेजमा एमबीएमा अध्ययनरत रक्षा खनाल सर्जिकल माक्स खोज्दै वानेश्वरको सिभिल अस्पताल परिसरमा पुगिन् । कोरोना भाइरसको त्रासका कारण स्यानिटाइजर र सर्जिकल माक्स खोज्न निस्कएकी खनालले अस्पतालभित्रको औषधि पसल पुगेर पाँच रुपैयाँ पर्ने मास्कलाई एक सय रुपैयाँमा किनिन् । ह्याण्ड वासर र स्यानिटाइजर भने वानेश्वर भरका मेडिकल पसल चहार्दा पनि नभेटेपछि उनी रित्तो हात फर्किइन्…