Logo

सुत्ने समयमा यी ८ चीजबाट सँधै टाढा रहनुस्

राति सुत्नेसमयमा सिरानीमा यी ८ चीजहरु राख्दा वास्तुदोष हुने खतरा हुन्छ । यसको प्रभाव जीवनमा नकारात्मक प्रभाव पर्ने खतरा हुन्छ ।

राति सुत्नेबेला सिरानीमा जुत्ता,चप्पल जस्ता चीजहरु राख्नु हुँदैन । वास्तुका अनुसार यी चीजले मानिसको जीवनमा असफल बनाउनुका साथै नकारात्मक प्रभाव पार्ने गर्छ । यसले मस्तिष्कमा नकारात्मक उर्जा प्रवाह गर्ने गर्छ ।

सुत्नेबेला बेड राम्रोसँग सफा गर्नुपर्छ । बेडमा भएका चीजहरु हटाएर व्यवस्थापन गर्नुपर्छ । कतिको त बेडमै बसेर भोजन गर्ने बानी हुन्छ । त्यतिबेला उनीहरुले नुन लगायतका अन्य चीजहरु बेडमै यतिकै छोड्ने गर्छन् । वास्तुका अनुसार सिरानीको छेउमा नुन आदी पदार्थहरु पर्दा परिवारका सदस्यहरुबीचमा कलह उत्पन्न हुने खतरा बढ्छ ।

बेडमुनिको खाली ठाउँ सदुपयोग गर्ने उदेश्यले धेरैले सामानहरु राख्ने गर्छन् । तर बेडमुनि तेलजन्य पदार्थ कहिले पनि राख्नु हुँदैन । बिशेषगरी बेडको सिरानी मुनि तेल राख्दा यसले मानिसको जीवनका बाटो कठीन बनाइदिने र मेहनत अनुसार फल प्राप्त नहुने हुनसक्छ ।

फलामको सिक्री र डोरी दैनिक उपभोग्य सामान भित्र परे पनि यी चीजहरु बेडको नजिकै राख्नु हुँदैन । यसले जीवनमा अशुभ निम्त्याउँछ । यसले जीवनमा लगातार बाधा उत्पन्न हुने खतरा बढ्छ ।

सुत्ने बेडमुनि ओखल राख्नुहुँदैन । यसले पारिवारीक सम्बन्धमा तनाव आउनसक्छ । यसले गर्दा सकारात्मक कार्यमा मन जानुको सट्टा नकारात्मक कार्यमा ध्यान जाने खतरा बढ्छ ।

सिरानीको छेउमा कुचो राख्दा यसले नकारात्मक प्रभाव पार्ने गर्छ । ज्योतिष शास्त्रका अनुसार सिरानीको छेउमा कुचो राख्दा यसले जीवनमा दुर्भाग्यको सामना गर्नुपर्ने हुन्छ ।

सिरानी पर्ने ठाउँमा कपडा सुकाउने गर्नुहुँदैन । यसले सफलतामा बाधा उत्पन्न गराउँछ।

बेडको सिरानीमा मोबाइल लगायत अन्य इलेक्ट्रोनिक्स सामानहरु राख्नुहुँदैन । यसले गम्भीर दुष्परिणाम आउने खतरा बढ्छ।

प्रतिक्रिया दिनुहोस्