बारपाक सुुलिकोट गाउँपालिकाले अनाथ बालबालिकालाई निःशुल्क शिक्षा र आवासीय सुविधा प्रदान गर्ने व्यवस्था मिलायो

काठमाडौँ- बारपाक सुुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधा र निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ। गाउँपालिका ६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालनमा ल्याएर, अभिभावकविहीन बालबालिकालाई खाने, बस्ने र अध्ययन गर्ने सुविधाको व्यवस्था गरिएको छ। गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टका अनुसार, चालु शैक्षिक सत्रदेखि पालिकाभित्र विद्यालय जान नपाएका बालबालिकालाई निःशुल्क शिक्षा र आवासीय सेवा प्रदान गर्ने…