शिक्षकहरुको माग तत्काल सम्बोधन गर्नु कार्यवहाक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई शिक्षकहरुको माग तत्काल पूरा गर्न निर्देशन दिएका छन् । शिक्षकहरु यसरी सडकमा उत्रिएर प्रदर्शन गर्दा राम्रो सन्देश नजाने भन्दै सभापति देउवाले कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई शिक्षक र विद्यालय कर्मचारीका प्रतिनिधिहरुसँग वार्ता गरी उनीहरुको माग सम्बोधन गर्न भनेका हुन्…