काठमाडौं– साउन महिनाको अन्तिम सोमबारमा आज भारतको एक मन्दिरमा भक्तजनहरुको भागदौड भएको छ । भागदौडमा कम्तीमा सातजनाको मृत्यु भएको छ भने अन्य नौजना घाइते भएका छन्। बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडमा परेर उनीहरुको मृत्यु भएको हो । हाल घटना नियन्त्रणमा आएको छ। जेहानाबादका जिल्ला प्रशासक अलंकृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको…