न्ययोर्कको अस्पतालमा कोरोना बिरामी हेरिरहेकी नर्स भन्छिन्ः एकपटक नेपाल पुगेर छोराछोरीलाई अंगालोमा बेर्न पाए

    विश्वभर कोरोना भाइरसको त्रास बढिरहेका बेला सुनिता भगत आफूमा अरू बेलाभन्दा बढी जिम्मेवारी थपिएको महशुस गरिरहेकी छिन्। सप्तरी कठोना बजारमा जन्मिएकी भगत न्यूयोर्कको क्विन्स सहरमा बस्न थालेको चार वर्ष तीन महिना भयो। उनका एक छोरा, एक छोरी र श्रीमान भने नेपालमै छन्। ३५ वर्षीया भगत नर्स हुन्। विगत तीन वर्षदेखि न्यूर्योकको म्यानह्याटन सहरस्थित…