काठमाडौँ - अन्तरिम सरकारका तीनजना मन्त्रीहरुले जेनजी आन्दोलनका बेला आगजनी र तोडफोडपछि क्षतिग्रस्त संसद् भवनको अवलोकन गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङले बुधबार सामूहिक रुपमा उक्त भवनको अवलोकन गरेका हुन् । जेन–जीको अगुवाइमा भदौ २३ मा भएको आन्दोलन र त्यसपछि भदौ २४ मा भएको प्रदर्शनका क्रममा तोडफोड र…