काठमाडौं - विदेश जाने यात्रुहरुलाई कम्तीमा एक घण्टा अगाडि नै विमानस्थलको अध्यागमन जाँचमा पुग्नुपर्ने भएको छ । भिजिट भिसा प्रकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा दबाब परेपछि अध्यागमन विभागले यस्तो व्यवस्था गरेको हो । विभागले आइतबार नयाँ व्यवस्था घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रामचन्द्र तिवारीले अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त…