काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन् ।प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आइतबार बिहान छलफल गर्दै ओलीले वर्तमान सरकार संविधानबाट पनि नबनेको, संसदबाट नबनेको, दलबाट नबनेको, जेनजीबाट नबनेकोले यो सरकार कसको भन्ने प्रश्न गरेका हुन् । ‘यो सरकार कसको प्रतिनिधि हो ?…