मारवाडी सेवा समितिको काम नरोक्न पशुपति क्षेत्र विकास कोषलाई आदेश

काठमाडौं– उच्च अदालत पाटनले मारवाडी सेवा समितिको काम कारबाहीमा रोक नलगाउन पशुपति क्षेत्र विकास कोषको नाममा आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले पशुपति विकास कोष सञ्चालक परिषद्ले गरेको निर्णय नं। २ र कोष र काठमाडौं महानगरबीच भएको सहमति हाललाई कार्यान्वयन नगर्न आदेश दिएको हो ।…