काठमाडौं - उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केपी ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। ओली नेतृत्वको सरकारमा सहभागी नभए पनि सात दलीय गठबन्धनको सदस्य रहेको जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठक समर्थन फिर्ता लिएको हो । जसपा नेपालको कार्यकारिणी समितिको यसअघिकै बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।…