लामा पक्षलाई बाइपास गर्दै बागमतीमा पाँच मन्त्री नियुक्तिको तयारी

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको भागमा बाँकी रहेका पाँच मन्त्री शुक्रबार नै नियुक्त गर्ने भएका छन् । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले आफूले नियुक्त गरेका तीन मन्त्रीलाई मन्त्रिपरिषदमा सामेल गर्नुपर्ने मागलाई बेवास्ता गर्दै मुख्यमन्त्री बानियाँले कञ्चनकृष्ण वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।…