काठमाडौं - जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको देखाएको हो । विभागका बाढीविद् विनोद पराजुलीले ‘‘सुप्राग्लेसियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको बताए। ‘हिम नदीको करिब बीच भूभागमा विकास भएको सुप्राग्लेसियल…