काठमाडौं - भनिन्छ पैसाका अगाडि जस्तोसुकै विद्वान र बहादुर पनि झुक्छ । यस्तै दृश्य देखिएको छ सर्लाहीको बरहथवा नगरपालिकामा । त्यहाँ माओवादी, एमाले, कांग्रेसका स्थानीय नेतालाई एकजना करोडपति व्यवसायीले कसरी फनफनी घुमाएका छन् भन्ने विषय निकै रोचक र घतलाग्दो छ । बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालयमा राखिएको वासुदेव उपाध्यायको अर्धकदको शालिक विवादमा परेपछि यो…