काठमाडौं - केही दिनदेखि गुमनाम रहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अमेरिकामा प्रकट भएका छन् । पाँच दिनअघि उनी सुटुक्क अमेरिका प्रस्थान गरेका थिए । उनको अमेरिका भ्रमणबारे कसैले पनि थाहा पाएका थिएनन् ।सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठ अमेरिका पुगेको सार्वजनिक भएको छ । उनले अमेरिका आउनुको कारण माओवादी नेतृत्वको सरकारका बेला भएका सुशासनका कामबारे जानकारी…