काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमयर लिग (एनपिएल) को कमर्सियल अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिले पाएको छ । क्यानका अनुसार बोलकबोल प्रक्रियाबाट ब्रान्ड डिजिटललाई कमर्सियल अधिकार दिइएको हो । त्यसका लागि उसले ५ करोड ९२ लाख रूपैयाँ बोली लगाएको थियो। अब उक्त कम्पनीले एनपिएल २०२४ को व्यापारिक पक्षको व्यवस्थापन…