काठमाडौं– नेपाली सेनाका एक जवानले आत्महत्या गरेका छन्। कावासोती नगरपालिका– ७ बाँदरझुलास्थित नयाँ गोरखगण ‘ख’ गुल्म अमलटारी सेक्टरमा रहेको बाँदरझुला पोष्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारले आत्महत्या गरेका हुन्। आज दिउँसो साढे १२ बजे मिजारले आफैँले बोकेको मिनी गनबाट घाँटीमा गोली हानृका हुन् । पोष्टको कोतघरमा रहेको ५.५६ एमएमको मिनी गनले आफ्नै…