सहकारी ठगी प्रकरणः दोश्रो पटक बयान दिन सीआईबी धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) पुगेर फेरी बयान दिएका छन् । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपलनमा मुछिएका धनराजले सीआईबी पुगेर दोस्रो पटक बयान दिएका हुन् । उनीसँग दोस्रो पटक करिब ५ घण्टा बयान लिइएको छ । धनराजकी पूर्व श्रीमती ज्योति गुरुङ उक्त सहकारीको सञ्चालक…