काठमाडौं– जनमत पार्टीले गोमालाभ सापकोटालाई सांसदबाट हटाउन भन्दै पठाएको पत्र अस्वीकृत भएको छ । सभामुख देवराज घिमिरेले सांसदबाट हटाउने निर्णय कार्यान्वयन गर्न नसकिने जवाफ जनमत पार्टीलाई पठाएका छन् । जनमत पार्टीले सापकोटालाई सांसदबाट हटाउन माग गर्दै चारपटक सम्म संसद सचिवालयमा पत्र पठाइसकेको छ । पार्टी अध्यक्ष सीके राउतले १ वर्षदेखि सापकोटालाई हटाउने प्रयास गर्दै आएका…