काठमाण्डू-हेटौँडा सडक: तराई छुने छोटा बाटो किन राजधानी जोड्ने भरपर्दो विकल्प बन्न सक्दैनन्?

राजधानीलाई हेटौँडासँग जोड्ने झन्डै आठ वटा ठूला-साना सडकहरू भए पनि ती कुनै भरपर्दो वैकल्पिक मार्गका रूपमा प्रयोगमा आउन सकेका छैनन्। ती सडक हुँदै काठमाण्डूबाट महेन्द्र राजमार्ग पुग्ने दूरी समेत उल्लेख्य कम रहे पनि दुई राजमार्गका हकमा स्तरोन्नति हुन सकेका छैनन् भने साना मार्गहरू विस्तार गर्न प्राविधिक र व्यवस्थापकीय रूपले कठिन रहेको अधिकारीहरू बताउँछन्। चल्तीमा रहेका…