काठमाडौं - पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको हो । रैनादेवी छहरा गाउँपालिका ३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् । प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार पन्त घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर चट्याङ लागेको थियो…