राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो काँधमा देशको सबैभन्दा ठुलो पार्टी बनाएर देश निर्माण गर्ने जिम्मेवारी रहेको बताएका छन्। चितवनमा चुनावी अभियानका क्रममा उनले भने, ‘सम्भवत: सबैभन्दा धेरै उजुरी पर्ने मान्छे मै होला। मलाई थाहा छ। मेरो काँधमा पार्टीलाई सबैभन्दा ठुलो बनाउने जिम्मेवारी पनि छ। त्यसैले त मेरो काँधमा यति धेरै उजुरी परेका छन्।…