नेपाल प्रहरी समाजसेवाको उत्कृष्ट नमूना: गस्तीमा गएका प्रहरीले बिरामी बोकेर अस्पताल पुर्‍याए

रुकुम पश्चिम – शान्ति र सुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी समाजसेवाको उत्कृष्ट नमूना पनि हुन् भन्ने उदाहरण रुकुममा कार्यरत प्रहरी जवानले देखाएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम अन्तर्गत सर्केना प्रहरी चौकी खोलागाउँमा कार्यरत प्रहरी जवानद्वय स्वयमप्रकाश हमाल र दलबहादुर बुढाले एकजना वृद्ध बिरामी बोकेर अस्पताल लैजाँदै गरेको तस्बिर सार्वजनिक भएपछि अहिले उनीहरुको प्रशंसा…