लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउदै

नुवाकोटमा प्रभातफेरी गरी लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आइतबार नुवाकोटको बट्टारबजार, दम्की, विदुरबजार हुँदै जिल्ला समन्वय समितिको हलमा कोणसभा गरेर प्रभातफेरीको समापन गरेको हो । लागू पदार्थ दुर्व्यसन र ओसारपसारविरुद्ध ऐक्यबद्धता जनाउँदै टोल र समाजले यसलाई रोक्नुपर्ने बताए । ‘बनाऔं लागूऔषधमुक्त गाउँ सहर, मिलेर संघ प्रदेश अनि…