माधवकुमार नेपालको दाबी : शेरबहादुरजी धोका दिने मान्छे होइन, गठबन्धन हुन्छ

काठमाडौं, ११ चैत : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको जनाएका छन् । एमाले अध्यक्ष केपी ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राखेको सर्त नमानेको उदाहरण दिँदै अध्यक्ष नेपालले चुनावी गठबन्धन हुने र कांग्रेसको निर्णयको प्रतिक्षा गरिरहेको जनाएका हुन । ‘केपी ओलीले एमसीसी…