कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यहाँस्थित महाकाली अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ स्रोत व्यक्ति डा गोविन्द रोकायाले बताएका छन। उनका अनुसार अस्पतालमा अहिले सङ्क्रमणको लक्षणसहित ८९ जनाको उपचार भइरहेको छ ।“ अक्सिजनका भरमा सङ्क्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा आपूर्ति हुन सकिरहेको छैन ।” उनले…