एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाई

१४ असार, काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । ६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसको आठ दिनपछि फिफा अध्यक्ष जियानीले पत्रमार्फत बधाई दिएका हुन्…