Logo

समाचार

खुसीको खबर ; चीनमा कुनै पनि नयाँ कोरोना संक्रमित भेटिएनन्

चिनियाँ सरकारी अधिकारीहरुका अनुसार चीनमा कुनै पनि कोरोना भाइरस बिरामीको नयाँ केस देखिएको छैन । चीनमा कोरोनाको महामारी सुरु भएपछिको आज यो पहिलो दिन हो जुन दिन कुनै पनि कोरोना संक्रमित नयाँ बिरामी भेटिएका छैनन् ।बुधबारको तथ्यांकलाई हेर्ने हो भने कोरोनाको उद्गम स्थल मानिने वुहार र हुबेई प्रान्तमै कुनै पनि

कोरोना संक्रमित सबै बिरामीको उपचारको जिम्मा सरकारले लिन्छ स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले को’रोनाको सं’क्रमण भएका सम्पूर्ण बि’रामीको उपचारको जि’म्मा सरकारले लिने बताउनुभएको छ । नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले को’रोना भा’इरसका विषयमा आ’योजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले को’रोना लागेका सबैको उपचारको जि’म्मा सरकारले लिने बताउनुभएको हो । उहाँले सबै प्रदेशमा भा’इरस प’रीक्षणको व्यवस्था गरिने र

दिल्ली एयरपोर्टमा २८ नेपाली अलपत्र (नाम सहित )

युएईबाट एयर ईण्डिया फ्लाईटमार्फत दिल्ली हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र परेका छन् । आवुधावी, दुबई लगायतबाट नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा रोकिएपछि अलपत्र परेका हुन् । बिहान ४ बजे एयरपोर्ट आइपुगेका उनीहरु अहिलेसम्म नेपाल आउन नपाएको एक पीडितले बताए ।

कोभिड–१९ कोरोनाको कारणले ज्यान गुमाउनेको सङ्ख्या इटालीमा धेरै

कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारणले इटालीमा एकैदिन ४२७ जनाको ज्यान गएको छ । ४२७ जनाको ज्यान गएसँगै इटालीमा ज्यान जानेहरुको सङ्ख्या ३,४०५ पुगेको छ भने उद्गम बिन्दु मानिएको चीनमा ३,२४८ जनाको मृत्यु भएको छ ।चीनमा संक्रमित सङ्ख्याको साथै मृत्युदर पनि घटिरहेको छ । तर इटालीमा भने व्यापक रुपमा फैलिरहेको छ

सरकारी–निजी कार्यालय बन्द गर्ने सरकारको तयारी

सरकारले कोरोना भाइरस भित्रिन नदिन सरकारी तथा निजी कार्यालय बन्द गर्ने तयारी गरेको छ ।कोरोनाको सन्त्रास फैलिएपछि सरकारले अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालयहरू बन्द गर्ने तयारी गरेको हो ।यसअघि सरकारले अदालत, विद्यालय, विश्वविद्यालय, सीमा नाका, हवाई सेवा बन्द गरिसकेको छ । यद्यपि, प्रधानमन्त्रीले साँझ ६ बजे सम्बोधन गर्दै विस्तृतमा

आजदेखि ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध, नेपालीलाई समेत रोक

काठमाडाैँ, ७ चैत – कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायतका ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था आजै (शुक्रबार) मध्यरातदेखि लागू हुनेछ । प्रतिबन्धित देशका नागरिक मात्र होइन्, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपालीलाई समेत नेपाल प्रवेशमा रोक लगाइने जनाइएकाे छ

इटालीले ८० वर्षमाथिका बिरामीलाई आईसीयूमा नराख्ने !

इटालीले कोरोनाबाट संक्रमित ८० वर्षभन्दा माथिका उमेर समूहलाई आईसीयूमा नराख्ने प्रस्ताव गरेको छ ।इटालीमा कोरोना व्यापक रुपमा फैलिएको छ । कोरोनाको आशंका गरिएका व्यक्तिहरु धेरै भएपछि अस्पतालमा बेडको अभाव भएको छ । विदेशी सञ्चारमाध्यमका अनुसार इटालीले ८० वर्षमाथिका वृद्धवृद्धालाई आईसीयूमा नराखिने प्रस्ताव अगाडि सारिएको छ । आईसीयूमा बस्न नचाहनेहरुलाई मर्न

प्रहरीलाई अहिलेसम्मकै ठूलो सफलता : १६ लाख माक्स प्रहरीले यसरी बाड्यो, एप्रोन लगाएका डाक्टर-नर्स पनि मास्कको लाइनमा…(हेर्नुहोस भिडियो)

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको बाहिर रहेको साझा स्वास्थ्य सेवाको औषधी पसलमा शुक्रबार बिहानैदेखि लाइन थियो। महिला, पुरूष छुट्टाछुट्टै लाइनमा थिए भने अर्को लाइनमा एप्रोन लगाएका डाक्टर, नर्स उभिएका थिए। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेका मास्क साझाका चार वटा औषधी पसलबाट बिक्री गरिएको हो। लाइनमा बसेका एक जनालाई ११

नेपाल भरिका सम्पूर्ण अदालत २ साता बन्द हुने

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु दुई साता बन्द हुने भएका छन् ।शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आइतबारदेखि आगामी चैत २२ गतेसम्मका लागि देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो । बैठकले बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाइ दुई साता

कोरोनाले गर्दा चीन भन्दा इटालीखतरा बन्दै: कोरोनाले मृत्यु हुनेको संख्या अब चीन भन्दा इटालीमा धेरै

एकैदिन ४२७ जनाको मृत्यु भएपछि इटाली कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक नागरिक गुमाउने मुलुक बनेको छ। इटालीमा योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ। यो संख्या कोरोना भाइरसको उद्गम स्थल चीनको भन्दा बढी हो। चीनमा हालसम्म यसको संक्रमणबाट ३ हजार २ सय ४५ जनाको ज्यान